सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रहरी अधिकृतको फोटो प्रयोग गरि फेक आइडी बनाउने पक्राउ

काठमाडौँ– नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालमा दुरुपयोग गरी भ्रामक तथा भ्रमपूर्ण अफवाह फैलाएको कसुरमा लामिछानेलाई सोमबार भक्तपुरबाट पक्राउ गरिएको हो । काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

क्लब हाउसमा नेपालको प्रहरीको लोगो, पोसाक तथा प्रहरी अधिकारीको तस्वीर दुरुपयोग गरी प्रहरी अधिकारीकै नाममा फेक आइडी बनाएको पाइएको थियो ।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ०० बजे