यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सर्वोच्च अदालतले कोरोना सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने

काठमाडौँ । सर्वोच्च अदालतले कोभिड –१९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ ।  

सर्वोच्चको सोमबार बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै  काम कारवाही र सेवामा थप्ने निर्णय गरेको हो । 

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकले सङक्रमण घटदै गएपछि काम कारवाही र सेवालाई विस्तार गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेको व्यवस्थापन र सेवा प्रवाहलाई यही असार १४ गतेसम्म निरन्तरता दिइने छ । उहाँले प्रचलित कानून वमोजिम हुनसक्ने मिलापत्र र मुद्दा फिर्तासम्बन्धि कारवाही, व्यक्तिको तर्फबाट पर्न आएका दोहोर्याइ पाउँ भन्ने निवेदनको सुनवाइ र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनवाइ यही असार १४ गतेसम्म निरन्तरता दिने बताउनुभयो ।

यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायधीकरणको काम कारवाही तथा सेवा प्रवाह एवम् हदम्याद, म्याद र तारेखसमेतका विषय भने गत बैशाख १४ गतेको सर्वोच्चको पूर्ण बैठक अनुसार गर्ने भनिएको छ । 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ०६ बजे