दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

टिप्परको ठक्करबाट आयुर्वेदिक चिकित्सकको मृत्यु

धनगढी । धनगढीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपलिका ३ बोराडाँडीमा शनिबार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा –१० झलारीस्थित एला आयुर्वेदाका सञ्चालक रामबहादुर साउँदको मृत्यु भएको हो ।

अत्तरियाबाट धनगढी आइरहेको म १ ब ९६६८ नम्बरको टिप्परले से १ क ६८२ नम्बरको मोटरसाइकलमा सवार साउँदलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : १७ बजे