‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने  भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज भएको अनौपचारिक छलफलमा सर्वोच्चको निर्णयप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने नेतृ पम्फा भुसालले बताउनुभयो । सर्वोच्चको फैसलाप्रति कानून व्यवसायीहरूसँग पनि छलफल गरेको उहाँले बताउनुभयो । पुनरावलोकनमा जान कानून व्यवसायीहरूले सुझाव दिएको उहाँको भनाइ थियो । सुझावअनुसार चाँडै पुनरावलोकनमा जाने उहाँले बताउनुभयो ।  छलफलमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, मुक्ति प्रधान, रमन श्रेष्ठलगायत सहभागी थिए।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : ११ बजे