दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको हो ।

समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदी कटान रोक्नका लागि स्काभेटर लिएर जाँदै हुनुहुन्थ्यो । मेलम्ची नगरपालिका(१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : ३१ बजे