दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु

झापा – माछा मार्ने क्रममा पोखरीमा आइतबार डुबेर वेपत्ता हुनुभएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आउनुभएका सोरेन आइतबार माछापोखरीमा डुबेर वेपत्ता हुनुभएको थियो । 
    नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उहाँ बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो । उहाँको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो । सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ । उहाँ नगरप्रमुखको घरमा पाँच वर्षदेखि स–परिवार बस्दै आउनु भएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा छन् । 

रासस

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : २६ बजे