भारतीय दूतावासले अन्तर्राष्ट्रिय योग दिवस मनायो

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरिएको हो । योगलाई स्तरीय ढंगबाट गर्ने हेतुले कार्यक्रम तयार पारिएको थियो । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो ।

योगगुरु लोकनाथ खनालले योगासन प्रस्तुत गर्नुभएको थियो । 
 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १ : ३९ बजे