दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

टुटल र पठाओ भोलिदेखि सञ्चालनमा आउने

काठमाडौं । जोरबिजोर प्रणालीअनुसार निजि सवारी साधन सञ्चालनमा आउनेभएसँगै टुटल र पठाओ सेवा पनि भोलिदेखि सञ्चालनमा आउने भएका छन्।

राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि सेवा सुरु गर्न लागेको कम्पनीले बताएका हुन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएका छन् ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम भए पनि सेवा भने सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु कम्पनीको भनाइ छ ।

निषेधज्ञा खुकुलो गर्ने क्रममा मंगलबारदेखि सरकारले निजी सवारी साधनलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्ने निर्णय गरेको थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १ : २१ बजे