दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

करेन्ट लागेर मृत्यु

​​​​​​​सप्तरी – रुपनी गाउँपालिका-३ कटैया बस्ने ३० वर्षीय सन्जिब लौगीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २५ वर्षीय शिबु माझीको घरको खानेपानीको फलामे पाईप जमिन मुनि गाड्ने क्रममा पाईपले बिजुली तारमा छोई करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर गम्भीर घाइते भएका अन्य २ जना कामदारको सोही अस्पतालमा उपचार भइरेहको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ५० बजे