दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लगातारको वर्षाले एक पक्की घर भत्कियो

डोटी – लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार  जमीन भासिएपछि  घर भत्किएको हो ।

    घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उहाँले जानकारी दिनुभयो  । छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले उद्धार गरेका छन् । जिल्लामा अहिले पनि वर्षात भइरहेको छ । वर्षाका कारण यहाँका विभिन्न ठाउँमा पहिरा आउँदा सडकसमेत अवरुद्ध भएका छन् ।

रासस

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १२ : १९ बजे