हेलम्बुको बाढी पहिरोमा २३ जना अझै बेपत्ता (सूचीसहित)

काठमाडौँ– सिन्धुपाल्चोको हेलम्बु गाउँपालिकाले असार १ गते आएको बाढीमा परी हालसम्म २३ जना बेपत्ता भएको जनाएको छ ।

गाउँपालिकाले शनिबार बाढी पहिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै चार महिलासहित १९ पुरूष बेपत्ता रहेको जनाएको हो । गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरोको कारण बाढी आएको जनाएको छ ।

बेपत्ता हुने २३ जनामध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् ।

बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ३१ बजे