साफ यू–१७ च्याम्पियनसिप आजदेखि

टिभी हेर्ने बहानामा बालिकालाई करणी गर्ने पक्राउ

झापा – १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

छिमेकीको घरमा गत जेठ १५ गते टिभी हेर्ने क्रममा मैनालीले ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : १९ बजे