‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी फेरि बढ्यो, दोलखाको तामाकोशी क्षेत्रमा पनि सजग रहन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा पुनः बाढी आएको छ । शुक्रबार राति करिब ८ बजे तिर खोलाको बहाव बढेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले सामान्य वर्षा भएका कारण बाढीको बहाव बढेको बताउनुभयो । ‘हिजो दिउँसोदेखि बाढी केहि सुकेको थियो । तरपनि यहाँका नागरिकलाई सचेत गराउन माइकिङ गराएर सुरक्षित स्थानमा सारिएको छ,’ उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ ननाकुत्तेभन्दा पाँच सय मितर माथिबाट झरेको पहिरेले मेलम्ची नदीको बहाव थुनिएर बनेको बाँध भत्काए पश्चात मेलम्ची खोलामा मंगलबार रातिदेखि बाढी आएको थियो । बिहीबार बाढी सुके पनि सामान्य वर्षा भएपनि पुनः मेलम्चीमा बाढी आएको हो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दोलखाले साँझ ९ः४५ बजे एक सूचना जारी गरी नेपाल चीन सीमा क्षेत्रमा रहेको चीनको टिनगिरी काउन्टीको रोङसी शहर र सो आसपासको क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको बहाव रोकिएको सूचना प्राप्त भएकाले नेपाल चीन सीमा क्षेत्र तथा तामाकोशीको तटिए क्षेत्रमा बसोबास गर्नेलाई सजग रहन आग्रह गरेको छ । स्थानीयहरूले दिएको सूचनाका आधारमा सो सूचना जारी गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले बताउनुभयो । 

सो क्षेत्रमा जुनसुकै समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर आउन सक्ने भएकाले नेपाल चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटिए क्षेत्रमा जोखिम हुनसक्ने भएकले सम्पूर्ण बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दोलखाले  सूचना मार्फत आग्रह गरेको हो ।

 

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : १५ बजे