साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

​​​​​​​काठमाडौं – कीर्तिपुर नगरपालिका-३ ढाल्पा सुन्दरबस्तीस्थित जोन लामाको डेरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय दिपक कुमार महर्जन लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७२ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ४५ बजे