साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमालेले राष्ट्रिय सभाको उपनिर्वाचनमा  बादललाई उम्मेदवार बनाउने 

काठमाडौं। नेकपा एमालेले आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ। 

२०७४ को निर्वाचनमा माओवादीबाट विजयी थापाले माओवादी त्यागेपछि माओवादीको कारबाहीमा उहाँको पद रिक्त भएको थियो। बादलकै कारण रिक्त भएको पदमा उहाँलाई नै फेरि उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको हो ।

आज ( शुक्रबार) वालुवाटारमा बसेको नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको  छ । 

राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्न पाउँछन्। एमाले सिंगो रहँदा बादलले जित्ने सम्भावना भए पनि माधव नेपाल समूहले सहयोग नगरे उहाँको जित निश्चित हुने छैन। निर्वाचन आयोगले यही वैशख १४ गतेसम्म दल दर्ताका लागि समय दिएको छ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : १६ बजे