आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आपत्कालीन आवास सञ्चालनमा

चितवन – भरतपुर महानगरपालिकाले अत्याधुनिक आपतकालीन आवास सञ्चालनमा ल्याएको छ । बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा जिल्लामा नै पहिलो पटक आवास प्रयोगमा ल्याएको हो ।

 भरतपुर–२८ सञ्चालनमा ल्याइएको सो आवास शिलन्यास भएको १८ महिनामा नै भवन सम्पन्न भएको महानगरले जनाएको छ । रु १ करोड ७२ लाखमा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठूलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री भण्डारण गर्ने कोठा र कार्यालय कक्ष रहेको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो आवासको ६ कठ्ठा ५ धुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल ओटेको भवनमा अत्याधुनिक अलगअलग महिला र पुरुष शौचालय समेत रहेको छ । साथै भवनमा एकपटकमा २०० जना राख्न सकिने जनाइएको छ । भवनको महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गर्नुभयो । 

रासस

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ३५ बजे