बाढीमा बेपत्ता भएका मेलम्ची खानेपानी आयोजनाका ८ मजदुर मध्ये दुईजनाको शव फेला

काठमाडौँ । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको छ । उनीहरु दुवै चिनियाँ नागरिक हुन् ।

बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

उनीहरु दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार रहेको पुष्टी भएको छ । उनीहरुको साथमा भेटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको हो ।

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदीमा आएको बाढीले आयोजनासँग सम्वन्धित मजदुर हराइरहेको बताएको थियो । ३ जना चिनियाँ, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्कविहिन रहेको आयोजनाले जनाएको थियो । हराएका ८ मध्ये दुईजनाको शब भेटिएपनि अन्य ६ जनाभने अझै् बेपत्ता छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  २ : ५७ बजे