साफ यू–१७ च्याम्पियनसिप आजदेखि

उदयपुरबाट पेस्तोल सहित ३ जना पक्राउ

उदयपुर – त्रियुगा नगरपालिका-३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका-८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् ।

पशुरामको घरमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  १ : ५८ बजे