देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

डिएसपी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ

बाँके। डिएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका९५ बस्ने ३० वर्षीय नैन सिंह विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  

विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफु सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भनी अनुगमनको शिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटी कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका९११ एनटिभी रोडबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ०३ बजे