काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्रीको केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।
बडालले यस अघि ओलीको कार्यकालमा पनि महान्यायाधिवक्ता हुनुहुन्थ्यो ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाकार मानिन्छ ।
प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ४ : १४ बजे
प्रतिक्रिया