देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

छ वर्षीय बालकलाइ कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका-३ विस्थापित टोल बस्ने विक्रम बिकको छोरा ६ वर्षीय अबि बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय विर बहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विर बहादुरले मादक पदार्थ सेवन गरी अबिलाई कुटपिट गर्दा घाइते भई उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका अबिको सोही प्रतिष्ठानमा उपचारको क्रमममा मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ५३ बजे