दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पहिरोले टहरा पुरिँदा चार जना भूकम्प पीडित घाइते, दुईको अवस्था गम्भीर

जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना  घाइते भएका छन् ।

कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा गम्भीर घाइते दुई जनासहित ४ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार विष्णु थापाकी श्रीमती २९ वर्षीया कमला थापाको र दलसरी थापाको छोरी ४ वर्षीया हस्तिका थापाको अवस्था गम्भीर छ । ३५ वर्षीया दलसरी थापा र उनकी छोरी १७ वर्षीया निरमाया थापाको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

गए राति पहिरोले टहरा पुरे लगत्तै प्रहरी चौकी पैंकबाट पुगेका सुरक्षाकर्मी र स्थानीयले घाइतेको उद्धार गरेको वडाध्यक्ष डिल्लीबहादुर सिंह बताउनुभयो ।

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ४० बजे