रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका– ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको ढुंगाले हानेर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलका अनुसार मृतक प्रेम बहादुरले मादक पदार्थ सेवन गरेर कुकरलाई कुटपिट गर्दा कुकुरको मृत्यु भएको निहुँमा बाबुछोराको झगडा भएको थियो ।
कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिरहेको छ ।
प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १ : ४० बजे
प्रतिक्रिया