साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

​​वायुसेवा निगमले तिर्याे असार मसान्तसम्मको ऋण

​​​​​​​काठमाडौँ । नेपाल वायुसेवा निगमले असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ जनाएकाे छ । 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पुरा र वाइडबडी जहाजको आंशिक ऋण भुक्तानी गरेको हो । उहाँका अनुसार निगमले ४३ करोड ९ लाख ५५ हजार २ सय एकासी रुपैयाँ  भुक्तानी गरेको हो ।

निगमको वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ आषाढ सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपियाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।

निगमले विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा प्रतिकुल असर  गरेको भन्दै सो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट  एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरी दिन कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । 

 

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ३१ बजे