दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट बधाई तथा शुभकामना दिन शुभेच्छुकहरुलाई अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेहरुको भीड बढेपछि उहाँले यस्तो अनुरोध गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न पनि अनुरोध गर्नुभएको छ ।

‘शुभ प्रभात, विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु ।’ प्रधानमन्त्री ओलीले बुधबार बिहान फेसबुकमा लेख्नुभएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ४८ बजे