दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

बालुवाटारमा बधाई दिनेको लर्को,  प्रधानमन्त्रीलाई बधाई थाप्न भ्याई नभ्याई (फोटो फिचर) 

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि यत्तिखेर उहाँलाई बधाई तथा शुभकामना दिनेहरूको लर्को लागेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई बधाई तथा शुभकामना दिन नेता तथा कार्यकर्ताको बिहानैदेखि भीड देखिन्छ । 

चौथो पटक प्रधानमन्त्रीमा बन्नु भएका अध्यक्ष ओलीलाई शुभकामना दिन बालुवाटारमा सोमबार साँझबाट नेता तथा कार्यकर्ताको बाक्लो भीड लाग्ने गरेको छ । 

आज बिहानैदेखि पार्टीका कमिटी, कूटनीतिक नियोगका प्रमुख र सर्वसाधारणको बधाई दिन बालुवाटार पुग्नु भएको छ । 

एमाले काठमाडौँ जिल्ला कमिटी, सिन्धुपाञ्चोक जिल्ला कमिटी, राष्ट्रिय युवा सङ्घले आज प्रधानमन्त्रीको सरकारी निवास पुगेर बधाई तथा शुभकामना दिनु भएको छ । 

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनु भएको थियो । 

यस्तै प्रधानमन्त्री ओलीलाई चीन पाकिस्तानका प्रधानमन्त्री शेखवाग सरिफले र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच पनि बधाई तथा शुभकामना दिनु भएको छ । 

प्रधानमन्त्री ओलीलाई देश तथा विदेशी कूटनीतिक नियोगले पनि भेटेर बधाई तथा शुभकामना दिइरहनु भएको छ । 

तस्बिरमा हेर्नुहोस् बधाईको लर्को :​​​​​​​

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ५ : ४४ बजे