‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेप्से परिसूचक २३ सय विन्दुमाथि, ९ अर्ब बढीको कारोबार

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०.१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो ।

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ को बिन्दुमा पुगेको हो । 

यो पछिल्लो २३ महिनायताकै उच्च हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से २३५० विन्दुमा पुगेको थियो ।

​​​​​​​सोमबार पदभार ग्रहणपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसलाई सन्तुलित ढंगले अगाडि लैजाने बताउनुभएपछि लगानीकर्ताहरू उत्साहित  देखिएका हुन्।आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनीको शेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ । 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : ३१ बजे