दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

 सिमलताल पुगेका रविमाथि आक्रोश नै आक्रोश,‘चटक देखाएको की जिम्मेवारी वहन गरेको ?

काठमाडौँ । यत्तिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई भ्याई नभ्याई छ ।

घटना घटेको  पाँचदिनपछि लामिछाने सिमलताल पुग्नुभएको छ । सत्तामा हुँदा लागेका विरोधका धब्बा हटाउने प्रयास स्वरूप लामिछाने यत्तिखेर चितवनको सिमलताल पुग्नुभएको आरोप उहाँमाथि छ । 

उहाँ गृहमन्त्री बहाल रहँदा लगभग ६५ जना यात्रु रहेका दुई वटा बस त्रिशूलीमा बेपत्ता भएका थिए । बस दुर्घटना भएको पाँचदिन बितिसकेको छ । अहिलेसम्म यो दुर्घटनामा परेका  १८ जनाभन्दा बढीको शव भेटिएको छ । अझै करिब ३७ जना भन्दा बढी यात्रुको अवस्था अज्ञात छ । 

गृहमन्त्री हुँदा राहत र उद्धारका लागि कुनै ठोस कदम चाल्न नसक्नुभएका लामिछानेको मंगलबारको हर्कत भने केबल चर्चा कमाउनका लागि लासमाथिको राजनीति भन्दै विरोध सुरु भएको हो । 

पूर्व गृहमन्त्री लामिछाने सिमलताल पुगेको भिडियो उहाँका स्वकीय दिपक बोहोराले सामाजिक सञ्जालमा पोष्ट गरेपछि कमेन्टमा लामिछानेमाथि गालीको वर्षा सुरु भएको हो । सामाजिक सञ्जालप्रयोगकर्ता  विजय अधिकारी लेख्नुहुन्छ, ‘सरकारमा रहुनञ्जेल ताल न बेताल, न सुर न ताल भयानक बेहाल, सरकारबाट बाहिरिइसकेपछि सिमलताल ? रविको छवि बुझ्न कुनै गाह्रो छैन । पपुलिजमको फण्डाले घण्टीको झन्डा जोगिँदैन । चित्त नबुझेकाले मलाई बुझाइदिनुस् आभारी हुने छु’ । 

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता राज थपलिया लेख्नुहुन्छ,‘रवि दाइ सता चास्नीबाट उत्रिए पछि बल्ल होस आयो त्यहाँ नि बस खसेको थियो ?’  

फेसबुकमा डि आर खनालले लामिछानेलाई यस्तो स्टनको राजनीति नगर्न लामिछानेलाई सुझाएका छन् । उहाँ लेख्नुहुन्छ, ‘गृह मन्त्री हुँदा नै त्यो ठाउँमा पुगेको भए अर्कै हुन्थ्यो अब त्यहाँ पुगेसी स्टण्ड हो भन्नी ठाउँ पाए के रवि दाइ, अलिकति ख्याल र ध्यान गर्नुस् पदबाट हटेसी स्टण्डको लागि गएको भन्नी बाटो विरोधीले एक शुभचिन्तकको हिसाबले  यतिको मान्छेले यस्तो नगर्दिए हुन्थ्यो भन्नी लाग्छ। ’

धेरै जसो सामाजिक प्रयोगकर्ताको आरोप छ ‘सामाजिक सन्जालमा स्टन्ट गरेर देश चल्दैन’ उनीहरू सबैको अपेक्षा छ, ‘अरूलाई सरापेर चर्चा बटुलेर मात्र हुँदैन अब लामिछानेले आफ्ना कमजोरी सुधार्नुपर्छ ।’ 

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  २ : ५५ बजे