दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बागमती नदीमा बेपत्ता बालकको १८ घण्टापछि शव बरामद

रौतहट । रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको १८ घण्टाको खोजीपछि शव बरामद भएको छ ।

जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमवार बेपत्ता भएको १० वर्षीय बालकको आज शव बरामद भएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घण्टा पश्चात् घटनास्थल बाट साढे तीन किलोमिटर टाढा बालकको शव बरामद गरेको हो ।

गढीमाई ३ लक्षमिपुरका हकुदिन कवाडीको १० वर्षीय छोरा सफर कवाडी अन्य दुई जना साथी सहित सोमवार दिउसो १ बजे गाउँछेउको बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेका थिए ।

घटनाको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर दुई जना बालकको उद्धार गरे पनि १० वर्षीय सफर कवाडी भने डुबेर बेपता भएका थिए ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्काबाट बिपद तथा उद्धार सामग्री सहित गएका ३० जनाको टोली, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले लगातारको खानतलास पछि आज बिहान साढे ७ बजे घटनास्थल लक्ष्मीपुर देखि साढे तीन किलोमिटर टाढा गढीमाई ७ धरमपुर गाउँ छेउ बागमती नदीको किनारमा बेपत्ता बालक सफर कवाडीको शव बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : ४३ बजे