‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मध्यरातमा जिल्ला अदालत लगायत एक दर्जन घरमा बाढी पस्यो 

डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा मध्यराती  सरकारी  कार्यालय र केही घरमा बाढी पसेको छ । 

रातिको २ बजेदेखि सुरु भएको करिब आधा घण्टाको चट्याङसहितको पानीले खहरे खोलामा बाढी ल्याएर घर र सरकारी कार्यालयमा बाढी पसेको छ । खहरे खोलाको बाढीले दुनै बजारको तल्लो भागमा तिप्ला जाने बाटो माथिका खहरे खोलाबाट बाढी आएर जिल्ला अदालत र दुनै घारी टोल र आसपासका घरहरूमा बाढी पसेको छ ।

दुनै बजारको माथिल्लो भागको खहरे खोलामा बाढीआउँदा मालपोत कार्यालय त्यस आसपासका घरहरू र घुम्ती पसलहरूमा बाढी पसेको छ । मध्यरातमा चट्याङसहित मेग गर्जनले बाढी ल्याउँदा स्थानीहरू त्रसित भएका छन् ।

बाढी आए पछि जिल्ला प्रशासन कार्यालय डोल्पाले आवश्यक सुरक्षाकर्मी परिचालन गरि वस्तु स्थिति बुझिएको र पुग्न सक्ने ठाउँहरूमा राती भित्रै आफू पुगेको प्रमुख जिल्ला अधिकारी तुल्सीप्रसाद दाहालले बताउनुभयो । अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको छैन भने के कति क्षति भएको भन्ने एकिन हुन नसकेको प्रजिअ दाहालले बताउनुभयो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ९ : १७ बजे