दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गर्नुभएकाे छ। शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गर्नुभएकाे हाे । 

पदभार ग्रहण गर्दै उहाँले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पिआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभएकाे छ ।

पदभार ग्रहण गर्दै सिंहले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको बताउँदै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने बताउनुभयाे ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : २५ बजे