दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नवनियुक्त कानुनमन्त्री चौरसियाद्वारा पदबहाली

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गर्नुभएको छ । पदबहालीपश्चात् उहाँले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताउनुभयो ।  

 “कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरु कति छन्, हामीले बनाउनुपर्ने कानुनहरु कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ”, मन्त्री चौरसियाले भन्नुभयो । 

आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रुपमा उहाँको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो । मधेस प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो । उहाँ २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेता चौरसिया संविधानसभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । उहाँसँग सार्वजनिक लेखा समिति र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । उहाँ २०६२÷६३ को जनआन्दोलनमा पटकपटक थुनामा पर्नुभएको थियो । सो क्रममा नेता चौरसिया करिब चार महिना वीरगन्ज कारागारमा बस्नुभएको थियो । उहाँ हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : ०२ बजे