दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओली सरकार ढाल्ने एमालेका २२ सांसदको पछुतो : ‘के सोचेँ मैले, के भयो अहिले’….।

काठमाडौँ ।  आफूसंँगैका  साथीहरु मन्त्री बन्दा तत्कालीन नेकपा एमालेका २२ सांसद भने अहिले  दर्शकदीर्घामा बसेका खेलाडी जस्ता भएका छन् ।

अरुले खेल्दा ताली र मुख भन्दाबाहेक उनीहरूको अरू केही चलेको देखिँदैन। त्यो बेला (अघिल्लो निर्वाचनमा), पार्टीले चुनाव जिताएर पठाएका २२ सांसदले आत्मघाती गोल गर्ने प्रयास गरेपछि राजनीतिले देखाएको रेड कार्ड खाएर उनीहरूअहिले मैदान बाहिर छन् ।

त्यसबेलाका टिम क्याप्टेन केपी शर्मा ओली तीन वर्ष  मैदान बाहिर रहे भए पनि सोमबार बाट उहाँ विधिवत त्यही भूमिकामा प्रवेश गर्नु भएको छ। तर राजनीतिमा रेड कार्ड पाएका २२ मध्ये केहीलाई दर्शकदीर्घामा समेत भेटिन्न। उनीहरूमध्ये केही ओलीको टिममा प्रवेश गरिसकेका छन् । तर बाँकी रहेकाहरू भने टिकट नकाटेका दर्शक जस्तै पर्खालबाट चियाएर राजनीतिको रोचक खेल हेरिरहेका छन् । नेपाली सिनेमा 'सम्झना' मा कुसुम गजमेरको शब्दमा आशा भोस्लेले गाएको गीत सम्झेर आफूसँगैका साथीहरूको खेल देखेर पुर्पुरो समाउँदै  सोच्दै छन्– के सोचेँ मैले, के भयो अहिले ….।  

२०७८ साल असारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकार ढाल्न विश्वासको मत नदिएका २२ जना सांसदहरु अहिले फेरि ओली प्रधानमन्त्रीमा बन्दा के सोच्दै होलान् ?

एमाले र नेकपा (माओवादी केन्द्र) पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि ती २२ सांसदले माधवकुमार नेपालको पछि लागेर ओली सरकारलाई ढालेका थिए ।

एमालेका सांसद  माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरीले आफ्नै पार्टीका अध्यक्ष ओलीको सरकारलाई ढाल्न विश्वासको मत नदिई देउवा सरकार बनाउनका लागि सर्वोच्च अदालतमा गई सनाखत समेत गर्नुभएको थियो । 

यस्तै ओली पक्षमा रहेको भनिएका  प्रेम आले, धनबहादुर बुढा, कृष्णकुमार (किसान) श्रेष्ठ, गोपाल बम, पार्वती विसुंखे, हिराचन्द्र केसी, बिना बुढाथोकी र समिना हुसेन पनि ओली सरकार ढाल्न संलग्न हुनुहुन्थय्यो । उहाँहरूले पनि ओलीलाई साथ नदिई प्रधानमन्त्रीमा नेपाली काँग्रेसका शेरबहादुर देउवालाई मत दिनुभएको थियो ।

ओली सरकार ढाल्ने त्यति बेलाका हिराचन्द्र केसी, मुकुन्द न्यौपाने, गोपाल बम, पार्वती विसुंखे र विना बुढाथोकी एमालेमा नै फर्किसक्नुभएको छ ।

त्यतिबेला सरकार ढाल्नेहरू अधिकांश माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा रहेका छन् । अहिले पुनः एमाले अध्यक्ष ओली नेपाली काँग्रेससहितको समर्थनमा दुई तिहाइको सरकार बनेको छ। ओली शक्तिशाली प्रधानमन्त्री भए पछि विपक्षमा मतदान गर्ने ती सांसदहरुको अहिले सिंहदरबार र च्यासलतिर खोजी हुँदैछ । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ४७ बजे