दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

‘गोलाप्रथा’ हुँदा यसरी मन्त्रीबाट रिङ आउट भए ‘बैगुनी केटो’ योगेश

काठमाडौँ । कुनै बेला गुटका आधारमा योगेश भट्टराईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘बैगुनी केटाे’ को संज्ञा  दिनुभएको थियो।

यसको अर्थ अर्को गुटमा लागेको भए पनि अध्यक्ष ओलीले रुचाइएको पात्र हुनुहुन्थ्यो योगेश। योगेशले पनि ओलीले गरेको यो टिप्पणीमा आपत्ति जनाउनु भएन। ओलीको टिप्पणीमा तथ्य थियो  – आफैले मन्त्री बनाएको बैगुनी केटो अर्थात् योगेश ओलीलाई साथ छोडेर माधव नेपाल तिर लाग्नु भयो। त्यसैले अध्यक्ष ओलीको टिप्पणी  थियो ‘त्यो बैगुनी केटो’। 

अध्यक्ष ओलीले आक्रोशमा यो टिप्पणी गर्नु भएको थिएन । त्यसैले त्यो कुरा राजनीतिमा खारिएका योगेशले बुझ्नु भयो। उहाँले  ओलीको भनाईलाई गुलाफको फुल दिएको रुपमा बुझ्ने भयो ।  योगेशको यो बुझाइले ओलीको प्रिय बन्नु भयो उहाँ। 

सरकार परिवर्तनको चर्चासँगै  बैगुनी केटोको नाम सूचना  तथा सञ्चार प्रविधि मन्त्रीमा पक्का जस्तै भएको थियो। धेरैले उहाँलाई बधाइ समेत दिएका थिए।  सोमबार उहाँको नाम मन्त्रिपरिषदमा देखिएन । यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुई नेतामा एक छान्ने चुनौती आइलागेको स्रोत बताउँछ।  मन्त्रीको कोटामा बैगुनी केटो अर्थात योगेश कि देवेन्द्र दाहाल भन्ने कठिन काम ओलीलाई थियो। ओली आफैलाई यो विषयमा निर्णय गर्न निकै कठिन भएको स्रोतले बतायो। अन्तिम अवस्थामा बैगुनी केटो अध्यक्ष ओली आफैले बनाएको मापदण्ड बाहिर पर्नुभयो योगेश । मापदण्ड थियो नयाँलाई अवसर यसको सदुपयोग गर्दैै योगेशलाई रिङ आउट गर्दै दाहाल मन्त्रिपरिषदमा पर्नुभयो । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : ४९ बजे