दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमालेमा टुङ्गो लाग्यो मन्त्रीहरूको नाम, योगेश ‘आउट, गुरुङ इन’

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा एमालेबाट सहभागी हुने नाममा  ट्ंगो लागेको छ। यस अघि चर्चामा आउनु भएका योगेश  भट्टराई टिम बाट बाहिर हुन् भएको छ भने त्यसाको ठाउँमा सचिव पृथ्वी सुब्बा गुरुङ इन हुनु भएको छ। यस अघि योगेशको नाम सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा थियो । तर अब गुरुङले सो मन्त्रालयको जिम्मेवारी पाउने स्रोतले बतायो। 

 प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा बसेको शीर्षनेताहरुको बैठकले मन्त्रीहरुको टुंगो लगाएको हो । एमालेबाट उपप्रधान सहित अर्थमा बिष्णु पौडेल, सूचना तथा संचार प्रविधिमा पृथ्वी सुब्बा गुरुङको टुंगो लागेको छ । यस्तै रक्षामा मानवीर राई रक्षा मन्त्री, भौतिक पूर्वाधार तथा यातायातमा देवेन्द्र दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि विद्या भट्टराई, उद्योगमा दामोदार र भूमिसुधारमा बलराम अधिकारी जाने टुंगो लागेको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने छ । प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ पछि राष्ट्रपति पौडेलले मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउनुहुने छ । हिजो राष्ट्रपति पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार नियुक्ति गर्नु भएको हो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : ५५ बजे