साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्पेनले जित्यो युरोकपको उपाधि

काठमाडौं । स्पेनले युरोकपको उपाधि जितेको छ ।

आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इइंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक/एक गोल गरेका थिए ।  विलियम्सले खेलको ४७औं मिनेट र मिकेलले ८६औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, इंग्ल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए ।

योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ ।  स्पेनले यसअघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।

त्यस्तै, इंग्ल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ०४ बजे