दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

स्थिरता र विकासका लागि काम गर्न प्रधानमन्त्री ओलीलाई पूर्व राष्ट्रपति भण्डारीको सुझाव

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनुभएको छ । 

आइतबार साँझ पूर्व राष्ट्रपति भण्डारीको निजी निवास चपलीमा भएको भेटको क्रममा मुलुकको ४५ औँ प्रधानमन्त्री हुनुभएकोमा ओलीलाई बधाई दिनुभएको हो । 

प्रधानमन्त्रीओलीलाई पूर्व राष्ट्रपति भण्डारीले पुष्पगुच्छा दिएर बधाई दिनुभएको र राजनीतिक स्थिरता र मुलुकको विकासका लागि सफलतापूर्वक काम गर्न सुझाव समेत दिनुभएको पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. भेषराज अधिकारीले चक्रपथलाई जानकारी दिनुभयो । 

 राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको सपथ कार्यक्रम सोमबार बिहान ११ बजेका लागि तोकिएको छ । 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ५७ बजे