‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो । 

यस अघि शुक्रबार पनि सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ११ : ०५ बजे