दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमालेमा मन्त्री टुङगो नलाग्दा सांसद्हरु रनभुल्लमा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले नयाँ बन्ने सरकारमा कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लगाउने एकल जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको बुझिएको छ । 

बुधवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले ओली नेतृत्वमा बन्ने सरकारमा पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने जिम्मा अध्यक्ष ओलीलाई नै दिएको एमाले स्रोतले बतायो । 

अध्यक्ष ओलीले अहिलेसम्म को–को मन्त्रीलाई आफू नेतृत्वको सरकारमा लाने भन्ने विषयमा अझै मुख खोल्नु भएको छैन । सोही कारण मन्त्री हुने आकाक्षामा रहेका वरिष्ठदेखि कनिष्ठ सांसदहरू अझै रनभुल्लमा रहेको  एमाले स्रोतले बतायो । ‘पार्टीबाट सरकारमा जाने मन्त्रीहरूको सम्भावित सूचि अध्यक्ष ओली बाहेक कसैलाई थाहा छैन, भोली १ बजे पछि मात्रै जो मन्त्री हुँदै छन् तिनीहरूलाई फोन आउने कुरा सुन्छु, ।’,मन्त्रीको अकांक्षी रहेका एक सांसदले भन्नुभयो,‘ यसबारेमा अलिअलि महासचिवसम्म लाई थाहा होला की ? उहाँले भन्नुभयो । 

‘काँग्रेस एमाले सहमति हुँदासम्म महासचिवले कसैलाई सुईको दिनुभएको थिएन’ उहाँले भन्नुभयो, ‘ मन्त्रीका अकाक्षीले पनि आफू मन्त्री हुने नहुने बारे सोध्न सकिरहेका छैनन्, यद्यपि जनताको भावना बुझेर काम गर्न सक्ने, अध्यक्ष ओलीको स्पिरिडलाई बुझ्न सक्ने वरिष्ठ सांसद्हरु नै  मन्त्री हुने सम्भावना छ।’ 

संविधान संशोधनको ऐजेण्डासहित काँग्रेस–एमाले गठबन्धन बनेकाले यो पटक जागिरभन्दा पनि संविधानसंसोधनको ऐजेन्डा कार्यान्वयन गर्न सक्ने हैसियत भएका नेताहरू नै ओलीको रोजाइमा पर्ने बताइएको छ । 

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : ३६ बजे