दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यस्तो छ कांग्रेसका सम्भावित मन्त्रीहरूको सूची,मन्त्री हुन तोकियो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्पनन भएको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुले एकै पटक शपथ लिने निर्णयसमेत गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट सरकारमा मन्त्री पठाइने उहाँले बताउनुभयो।

उहाँले प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को–को मन्त्री बन्ने टुंगो लाग्ने भन्दै अहिले आन्तरिक गृहकार्य भइरहेको बताउनुभयो ।

यी हुन् काग्रेंसका सम्भावित मन्त्रीहरू : 

ओली नेतृत्वको सरकारमा कांग्रेसको भागमा ९ मन्त्रालय पर्ने मोटामोटी सहमति  छ ।   नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने तीन जनाको नाम लगभग टुंगो लागेको बताइएकाे छ । कांग्रेसबाट अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा देउवा मन्त्री बन्ने लगभग पक्का भएको कांग्रेस स्रोतको दाबी छ ।

अहिलेसम्म सिंहको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी छ । तर, उहाँले रक्षा वा संघीय मामिला कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेको स्रोत बताउँछ । लेखकले गृह र आरजुले परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने लगभग टुंगो लागेको कांग्रेस स्रोतले दाबी छ ।

कांग्रेसले ९ मन्त्रालय पाउँदा सिंह, लेखक र आरजुबाहेक थुप्रै सांसद मन्त्रीका दाबेदार छन् । आकाक्षीहरुमा दीपक खडका र रामहरि खतिवडा, अजयकुमार चौरसिया, तेजुलाल चौधरी, प्रदीप पौडेललगायत रहेका छन् । यसैगरी मन्त्री हुने दौडमा उदयशमशेर राणा,रामनाथ अधिकारी, जीवन परियार, शंकर भण्डारी,चन्द्र भण्डारी, हृदयराम थानी, बद्रि पाण्डे, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र किशोरसिंह राठोरकोसमेत चर्चा छ ।

आकाक्षीमध्ये किशोर सिंह राठोर, बद्रि पाण्डे, जिवन परियार र चन्द्र भण्डारी मन्त्री हुने निश्चित जस्तै रहेको कांग्रेस स्रोतले बतायो । 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ४ : १७ बजे