आज काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । आज काठमाडौँका विभिन्न स्थानमा तीनदेखि ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरुद्ध हुने भएको हो।

सिंहदरबार २ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिषरभित्रका सबै मन्त्रालय, सिंहदरबारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका स्थानहरूमा अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने छ। ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशनबाट पचली भैरव, उद्योग वाणिज्य महासंघ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्बासी बस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

ती क्षेत्रहरूमा भूमिगत केबल चार्जका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। समय अगावै काम सकिएको अवस्थामा निर्धारित समय अगाडि नै विद्युत् सेवा सुरु गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ११ : ०८ बजे