देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

खुकुरी प्रहार गरी नेपालगन्जमा एक युवकको हत्या

बाँके ।  नेपालगन्जमा गएराती एक व्यक्तिको खुकुरी प्रहारबाट   हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का ३८ वर्षीय इरसद राई (कबाडिया) को हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार राती करिब १०ः३० बजेतिर राईको हत्या भएको हो ।

जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले धारिलो हतियार  खुकुरी प्रहार गरी एक समूहले राईको हत्या गरेको जानकारी दिनुभयो । हत्या गर्ने समूहको पहिचान नभएपनि उक्त समूहले प्रयोग गरेको मोटरसाइकल फेला परेको उहाँले बताउनु भएको छ । प्रवक्ता डाँगीका अनुसार , ‘हत्या गर्ने व्यक्तिको पहिचान भएको छैन, तर हामीले एउटा मोटरसाइकल फेला पारेका छौँ, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेको बताउनु भयो ।’ 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुर्व्यसनकर्ता बीच एक  आपसमा विवाद भएको थियो । विवाद मिलाउन खोजेका कबडियाको नै हत्या भएको बताइएको छ । गम्भीर घाइते भएका राईलाई तत्कालै भेरी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा कबडियाको मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ५१ बजे