दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्रीमा दाबी पेस गरेर ओली-देउवा शीतल निवासबाट फिर्ता

काठमाडौँ । नेपालको आगामी प्रधानमन्त्रीका लागि दुई तिहाईको समर्थनसहित दाबी पेस गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शीतल निवासबाट फर्कनुभएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गरे लगत्तै ओलीले प्रधानमन्त्रीमा दाबी प‍ेस गर्नुभएको हो । संविधानको धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ।  

स्रोतका अनुसार ओली-देउवालाई राष्ट्रपति पौडेलले उपयुक्त समयमा संविधान अनुसार प्रधानमन्त्री नियुक्तिको काम गर्ने आश्वासन दिनुभएको छ। 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै कानुनविद्‍हरूसँग सरकार गठन प्रक्रियाबारे गहन छलफल गर्नुभएको थियो ।  

नेकपा एमाले र नेपाली काँग्रेसबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो  । अब बन्ने सरकारले मुलुकको शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे संविधान संशोधन गर्ने छ । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ५७ बजे