दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दुई तिहाईको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

काठमाडौँ । नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधार २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा ७६(२) मा प्रतिनिधिसभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ।  

यसअघि शुक्रबार नै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभएको थियो । सो क्रममा उहाँको पक्षमा ६३ मत पर्‍यो भने विपक्षमा एक सय ९४ मत आएको थियो । 

राष्ट्रपति पौडेलेले पनि यस लगत्तै कुन धारा मार्फत प्रधानमन्त्रीमा दाबी पेस गर्न उपयुक्त हुने भन्दै विज्ञहरूसँग सघन छलफल गरेर संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभयो । 

सोही आह्वान अनुसार एमाले अध्यक्षसमेत रहनुभएका ओली काँग्रेस सभापति शेरबहादुर देउवासहित प्रतिनिधिसभाको दुई तिहाई सांसदको समर्थन लिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न जानुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण र पदभार ग्रहण कार्यक्रम शनिबारको लागि तय भएको छ । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ४५ बजे