दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

देउवासहित शीतलनिवास पुगेर प्रधानमन्त्रीमा ओलीको दाबी पेस

​​​​काठमाडौँ । नेपालको आगामी प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी पेस गर्नुभएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गरे लगत्तै ओलीले प्रधानमन्त्रीमा दाबी प‍ेस गर्नुभएको हो । ओलीसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि साथै शीतल निवास पुग्नुभएको छ । 

संविधानको धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ।  

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै कानुनविद्‍हरूसँग सरकार गठन प्रक्रियाबारे गहन छलफल गर्नुभएको थियो । लगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न विज्ञप्तिमार्फत आह्वान गर्नुभएको हो । 

नेकपा एमाले र नेपाली काँग्रेसबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो  । अब बन्ने सरकारले मुलुकको शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे संविधान संशोधन गर्ने छ । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ०३ बजे