दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओली नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर संकलन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ। शुक्रबार संसद भवनमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो।

नेताहरुका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्ने बित्तिकै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्ने तयारी रहेको छ । छलफलपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासहित दलका नेताहरुले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेको एमाले सांसद सूर्य थापाले जानकारी दिनुभयो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको बहुमतले अस्वीकृत भएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ ।

​​​​​​​

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : १४ बजे