काठमाडौं । संसद्मा विश्वासको मत गुमाएसँगै पदमुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।
राष्ट्रपति कार्यालयले एक विद्दप्ती जारी गर्दै दाहाललाई संविधानकोे धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मा तोक्नु भएको छ ।
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ७ : १० बजे
प्रतिक्रिया