काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले सरकारमा गरेको कमप्रति आफुहरुनै सन्तुष्ट नरहेको बताउनुभएकाे छ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापतिसमेत रहेका लामिछानेले सरकारमा गएर सोंचे जस्तो काम गर्न नसकेको स्वीकार गर्नुभएकाे छ ।
उहाँले सरकारमा गएपछि आफू सहकारी ठगको रूपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफूहरूले राम्रो काम गरेको दाबी गर्नुभएकाे छ ।
लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफूहरूले त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई दल ठुला दल एक ठाउँमा आउँदा शक्तिपृथकीकरणमा सङ्कट आउन सक्नेमा आफूहरूको चिन्ता रहेको बताउनुभयो ।
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ३ : २३ बजे
प्रतिक्रिया