दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अब प्रचण्डको उथलपुथलले काम गर्दैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताउनुभएको छ ।  

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताउनुभएको हो ।  

उहाँले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समिक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको बताउनुभयो ।  प्रचण्डबाट आफुहरुले संयमताको अपेक्षा गरेको बताउदै गम्भीर समिक्षा गर्न आग्रह गर्नुभएको छ । 

सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गनुृहुँदै ठुला शक्तिहरुमा मेलमिलाप हुँदा देशलाई ठुलो उपलब्धि हुने बताउनुभयो । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ५० बजे