दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आयौं : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस–एमाले एक ठाउमा आउनु परेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदैँ नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला दल मिलेको बताउनुभयो  

भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाउनुभयो  । उाहँले मुलुकको अर्थतन्त्रलाई सहि दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरुलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताउनुभयो ।
सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गर्नुभयो । उाँले सामान्यता संसदका दुई ठुला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिदैन । तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एकठाउमा आउनुपरेको स्पष्ट गर्नुभयो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : २० बजे